दफा ४७
कसूर गरेको मानिने
(१) कसैले यस ऐन बमोजिम कोषमा जम्मा गर्नु पर्ने रकम यस ऐनमा उल्लिखित
अवधिभित्र जम्मा नगरी हिनामिना गरेमा वा गलत वा झुट्टा विवरण पेश गरी यस ऐन बमोजिमको
सुविधा लिएमा वा पाउनु पर्ने सुविधाभन्दा बढी सुविधा लिएमा वा सामाजिक सुरक्षा सम्बन्धी कुनै पनि
कार्यक्रममा अनियमितता गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गरेमा बिगो खुलेकोमा बिगो बमोजिमको जरिवाना र बिगो
नखुलेकोमा एकलाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूरमा मतियार हुने वा त्यस्तो कसूर गर्न दुरुत्साहन गर्ने
व्यक्तिलाई सोही कसूर गरे बापत मुख्य व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।